नेपालगंज शाखा कार्यालय मातहतका सामान डाँक लिलाम सम्बन्धी सूचना

नेपालगंज शाखा कार्यालय मातहतका सामान डाँक लिलाम सम्बन्धी सूचना

यस संस्थाको जिल्ला परियोजना शाखा कार्यालय नेपालगंजको कार्यालय प्रयोगमा रहेका निम्न सामानहरु डाँक बढाबढबाट लिलाम बिक्री गर्नु पर्ने भएको हुँदा इच्छुक महानुभावहरुले आफूले कवोल गर्ने मोल सहित गोप्य सिलवन्दी इच्छापत्र (प्रस्ताव) आव्हान गरिएको व्यहोराको लागि यो सूचना जारी गरिएको छ । इच्छुक महानुभावहरुले २०७५ चैत्र ११ गते भित्र यस संस्थाको शाखा कार्यालय नेपालगंजमा गोप्य सिलवन्दी इच्छापत्र बुझाउन सकिनेछ । सम्पर्क व्यक्ति: चित्र बहादुर शाही मोवाइल नं० ९८५८०४७५७७

  • काठको समान्य बेन्च (Code: NPJ/F/008-011) थान ४
  • बैठक टेवुल (Code: NPJ/F/022-023) थान २
  • टिभी राख्ने टेवुल (Code: NPJ/F/025) थान १
  • Brother Company को Printer (code NPJ/E/18) थान १
  • स्टेब्लाइजर (Code: NPJ/E/015) थान १, यूपिएस (Code: NPJ/E/014) थान १, इन्भर्टर (Code: NPJ/E/012) थान १ र इन्भर्टर ब्याट्री (Code: NPJ/E/016) थान १ तथा कम्यूटर स्क्रीन थान १

सूचना प्रकाशित मिति: २०७५/१२/५ गते (19-March-2019)