????????? ? ???????? ?????????? ???? ???????? ??????? ??????
???????? ??????? ?????? ???????? ????? ????? ??? ??????? ????:- ????/?/?? ?? ????????? ?????????? ???? ??????? ???????? ??????? ????????? ???? ?
फौजदारी मुद्दामा प्रतिरक्षा गर्ने शीपकला सहितको दक्षता अभिवृद्धि सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्बन्धि सूचना
The International Legal Foundation (ILF-Nepal) पछि परिवर्तित सार्वजनिक प्रतिरक्षक समाज नेपाल (PDS-Nepal) को दक्ष प्रशिक्षकहरुद्वारा सात दिवशीय आधारभूत तथा तिन दिवशीय पुनर्ताजती गरी लगभग ४० वटा भन्दा बढि "फौजदारी मुद्दामा प्रतिरक्षक कानून व्यवसायीको दक्षता अभिवृद्धि सम्बन्धी तालिम" सफलतापूर्वक संचालन गरि ५०० जना भन्दा बढि कानून व्यवसायीलाई लाभान्वित गर्न गराउन पाउँदा साह्रै गौरवान्वित महशुश गरेका छौ ।
सरकारवादी हुने फौजदारी मुद्दामा पक्राउ परे देखि मुद्दाको अन्तिम किनारा सम्मका हरेक विषयवस्तुलाई सुक्ष्म रुपमा ध्यानमा राखि तालिमको विषयवस्तुको चयन गरिनुका साथै छलफल गरिने अधिकाँश कक्षाहरुलाई अभ्यास कक्षा मार्फत अभ्यास गराइने विषेश प्रशिक्षण विधिका कारणले गर्दा पनि निकै लामो अवधि देखि कानून व्यवसाय गरि आउनु भएका कानून व्यवसायीज्यूहरु समेतले यस संस्थाबाट संचालित तालिममा सहभागी हुदा आज सम्मको तालिम मध्येको सर्वोतकृष्ट तालिमको संज्ञा दिदै असाध्यै मन पराई दिनु भएको हुँदा वहाँहरु सम्पूर्ण प्रति आभार समेत व्यक्त गर्दछौ ।
फौजदारी मुद्दामा प्रतिरक्षा गर्ने कानून व्यवसायीले प्रतिरक्षाको प्रभावकारी ज्ञान तथा कौशलकला वृद्धिका लागि यस संस्थासंग तालिम संचालन गरि दिनका लागि पटक पटक गर्दै आउनु भएको आग्रह समेतलाई ध्यानमा राखी तथा लागु भएको नयाँ मुलुकी फौजदारी संहिता समेतका प्रावधानहरुलाई समावेश गरि फाल्गुण महिनाको २८ गतेबाट शुरु हुने गरि ७ दिवशीय "फौजदारी मुद्दामा प्रतिरक्षक कानून व्यवसायीको दक्षता अभिवृद्धि सम्बन्धी तालिम" प्रदेश नं० ३ को काठमाण्डौमा संचालन गर्न लागिएको हुँदा इच्छुक कानून व्यवसायीहरुबाट निम्न शर्तको पालना गर्ने गरि दरखास्त आव्हान गरिएको छ ।